TRENDING

एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड

काठमाण्डौ । सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो । यसअघि अस्ति बुधवार सुनको भाउले तोलाको एक लाख ५६ हजार चार सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।