TRENDING

सुनको मूल्य १ सय रुपैयाँले घट्यो,चाँदीको मूल्य बढ्यो

काठमाडौ । उच्च मूल्यबाट सुन आज १ सय रुपैयाँले घटेको छ ।

हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५३ हजार ४ सय रुपैयाँ पुगेकामा आज १ सय रुपैयाँले घटेर एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ७ सय ९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।