TRENDING

काठमाडौंको सिडिओमा जयनारायण आचार्य

काठमाडौं । गृह मन्त्रालयले काठमाडौको प्रमुख जिल्ला अधिकारीमा कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यलाई पठाउने निर्णय गरेको छ। यसैगरी रिक्त रहेका तीन जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी समेत पठाइएको छ।

यस्तै अन्य केहि जिल्लामा पनि क्रमश सिडिओ हेरफेरको गृहकार्य जारी राखिएको छ।

मन्त्रालयले कर्मचारी व्यवस्थापन गर्ने क्रममा लामो समय देखि सिडिओ रिक्त रहदै आएको सिन्धुलीको सिडिओमा लीला प्रसाद शर्मालाई पठाइएको छ। यसैगरी अध्यागमन कार्यालय भैरहवाका प्रमुख अध्यागमन अधिकृत किरण थापालाई रिक्त सिन्धुपाल्चोकको सिडिओको रुपमा पठाइएको छ। यसैगरी गृह मन्त्रालयकै उपसचिव रमा आचार्य सुवेदीलाई जिल्ला प्रशासन कार्यालय प्युठानको सिडिओमा पठाइएको छ।