TRENDING

बागमतीमा संविधान दिवसमा दीप प्रज्वलनदेखि स्वास्थ्य परीक्षणका कार्यक्रम

काठमाडौ । बागमती प्रदेशमा सरकारले ३ दिन संविधान दिवस मनाउने भएको छ । विभिन्न कार्यक्रम आयोजना गरी प्रदेश सरकारले ३ दिनसम्म दिवस मनाउने निर्णय गरेको छ ।
मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षमा बसेको बैठकले दिवस मनाउन ४३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।

मुख्यमन्त्री लामाको संयोजकत्वमा रहेको उक्त समिति मार्फत दिवसको अवसरमा विभिन्न गतिविधि तथा कार्यक्रम सञ्चालन गरिने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

उनका अनुसार दीप प्रज्वलनदेखि स्वास्थ्य परीक्षणका कार्यक्रम गरिनेछ ।