TRENDING

नौबिसे फिडरको ब्रेकर जल्यो, विद्युत सेवा अवरुद्ध

काठमाडौ । धादिङको धुनिवेशी सहित विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध छ । नौबिसे सब स्टेशन स्थित नौबिसे फिडरको ब्रेकरमा समस्या आई जलेकोले नौबिसे फिडर बाट संचालित सम्पुर्ण एरियाहरु धुनिबेशी नगरपालिकाको वडाहरु ३,४,५,६,७,८,९, र चन्द्रगिरि न पा को मसिनेमा बिधुत अबरुद्द भएको नेपाल विद्युत प्राधिकरण धार्के प्रशाखाले जनाएको छ ।

सब स्टेशनमा मर्मत कार्य भैरहेको प्रशाखाको भनाई छ । यस अघि पनि विभिन्न समयमा विग्रिएका सामानको मर्मतमा प्राधिकरणले निकै ढिलाई गर्ने गरेको स्थानियले गुनासो गरेका छन् ।