TRENDING

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार मन्त्रीद्धारा स्थलगत निरिक्षण

धादिङ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरिक्षण गरेका छन्।
काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिकहरु भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्केका मन्त्री दाहालले पहिलो चरणमा सुरुङ मार्गको निरिक्षण गरेका हुन् ।

मन्त्री दाहालसँगै नेकपा एमाले धादिङका नेताहरुको टोली शुक्रबार बिहान काठमाडौको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोलातर्फ निस्किएका थिए । सुरुङको यात्रा गरेर निस्केका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नेपालमा सुरुङको युग सुरु भएको र काठमाडौबाट पसेर धादिङपट्टी निस्कदा गर्व महशुस भएको प्रतिकृया दिएका छन् । समयमै काम सक्न र चाँडै सुरु संचालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायहरुलाई निर्देशन दिएका नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिईन्।