TRENDING

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ५३ हजार २०० रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । एकपछि अर्को रेकर्ड बनाउँदै आएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य पनि कीर्तिमानी मूल्य भएकोमा बिहीबार पनि थप बढ्दै नयाँ रेकर्ड कायम भएको हो ।