TRENDING
होमपेज
क्यानडामा डेरा र रोजगारी पाउन कठिन ः दूतावास


काठमाडौ । क्यानडामा डेरा र रोजगारीको अवसर कठिन हुँदै गएकोले सचेत हुन नेपाली दूतावासले आग्रह गरेको छ । पढ्नका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई सबै कुराको जानकारी लिएर मात्र जान दूतावासको आग्रह छ ।
दूतावासले विश्वभरबाट क्यानडा जाने विद्यार्थीको सङ्ंख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएको जनाएको छ । अध्ययन गर्ने कलेज रहेको शहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।
क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइ, सम्बन्धित शहरका एनआरएनए लगायत प्रवासी नेपालीका सङ्घसंस्था तथा रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिन दूतावासले भनेको छ । नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७