

काठमाडौं । ‘भ्वाइस किड्स’को सिजन ३ ले आज विजेता प्राप्त गर्दैछ । शनिबार राती हुने फिनालेमा आठजना फाइनलिस्टबीच प्रतिस्पर्धा हुँदैछ ।
चारजना कोचका दुईरदुईजना उपाधिका लागि भिड्दैछन् । कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट छन् ।
कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ फाइनलिस्ट छन् भने कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा फाइनलमा भिड्नेछन् ।
बेलुका ७ बजेसम्म भोटिङ लाइन खुला रहेको र दर्शकले आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई भोट गर्न सक्ने निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । ६ देखि १४ वर्ष उमेरसम्मका बालबालिकाले शोमा भाग लिएका छन् ।
फिनाले समारोहमा ‘भ्वाइस अफ नेपाल सिजन ६’को घोषणा हुने अपेक्षा गरिएको छ । ‘भ्वाइस किड्स’को ग्राण्ड फिनाले बेलुका ८ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।
मनोरञ्जनबाट थप समाचार
रानीपोखरी अब सबैका लागि खुल्ला
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
अन्नपूर्णले पोतेको खुसीका रङ
‘लाज शरणम्’को ओपनिङ करोड माथि
आगामी मे पहिलो साता युकेमा बुद्धजयन्ती पर्व मनाइँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७