TRENDING

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना,

काठमाडौ । देशभर साधारणतया बदली रहँदा आज पाँच वटा प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा मौसम आंशिकदेखि सामान्य बदली भई केही ठाउँमा पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले बताए ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कतै–कतै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।