

काठमाडौ । भारतको राजधानी नयाँ दिल्लीमा ‘फेक भिसा र्याकेट’ चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् । दिल्ली प्रहरीका अनुसार, उनले ‘इजी मनी’ र विदेशमा अझ राम्रो जीवनशैलीको आशा देखाएर मानिसलाई लोभ्याउँदै आएका थिए ।
पक्राउ परेका व्यक्ति सुनील थापा भएको बताइएको छ । आफ्ना सहयोगीमार्फत नेपाली महिलाका निम्ति भारतीय पासपोर्ट प्रयोग गरेर हङकङको नक्कली भिसाको प्रबन्ध गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, सविना गुरुङ नामकी महिला भारतीय पासपोर्ट प्रयोग गरेर हङकङबाट यही अगस्ट ५ मा दिल्ली आइपुगेकी थिइन् । उनको कागजात जाँच गर्दा यात्रु नेपाली भएको पाइएको थियो । उनको भारतीय पासपोर्ट ठगी गरी प्राप्त गरिएको थियो । त्यससम्बन्धी एफआईआर दर्ता गरिएको प्रहरीले जनाएको छ ।
२७ वर्षीया सविना नेपालको लमजुङकी भएको अनुसन्धानका क्रममा पत्ता लागेको छ । उनले आफूलाई नेपाली पासपोर्टमा विदेश जान अप्ठ्यारो हुन्छ भनिएको बताएकी छन् । सोही कारण भारतीय पासपोर्ट लिएको उनको भनाइ छ ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७