

काठमाडौ । क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी–२० मा भ्यानकुभर नाइट्समा आबद्ध नेपाली स्टार सन्दीप लामिछानेले तेस्रो खेलमा पनि विकेट लिएका छन् । उनले गएराति सम्पन्न मोन्ट्रियल टाइगर्ससँगको खेलमा ४ ओभरमा २४ रन दिएर एक विकेट लिएका हुन् ।
यस खेलमा आफ्नो पहिलो ओभरमा चार रन दिएका सन्दीपले दोस्रो ओभरमा महत्वपूर्ण एक विकेट लिएर ८ रन खर्चिए । उनले दिलप्रीत बाजवालाई ३३ रनमा बोल्ड गरे । सन्दीपले तेस्रो र चौथो ओभरमा क्रमशः बिनाविकेट सात र चार रन दिए । उनले पहिलो र दोस्रो खेलमा क्रमशः एक र दुई विकेट लिएका थिए ।
सन्दीपले जारी लिगमा क्षमताअनुसारको प्रदर्शन गर्न भने सकेका छैनन् । अरू स्पिनरले सानदार बलिङ गर्दा उनले भने अपेक्षाकृत प्रदर्शन गर्न नसकेका हुन् । सन्दीपले ६ महिनाको अन्तरालपछि गत जुनमा क्रिकेटमा पुनरागमन गरेका थिए ।
लामो समयसम्म अभ्यास नगरेकाले जारी ग्लोबल टी–२० मा उनी सानदार प्रदर्शन चुकिरहेको समर्थकको अनुमान छ । यद्यपि सन्दीप तीन म्याच खेल्दा सबैमा विकेट भने लिन सफल भएका छन् ।
उनी र दीपेन्द्रले राम्रो प्रदर्शन गरेको मोन्ट्रियलसँगको खेलमा भ्यानकुभर १० रनले स्तब्ध भयो । यस खेलमा दीपेन्द्रले १५ बलमा तीन चौका र एक छक्कासहित अविजित ३० रनको इनिङ खेले । यस्तै, सन्दीपले दुई बलमा अविजित एक रन जोडे ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७