

काठमाडौँ । नेपाल जारी महिला एशिया कपबाट बाहिरिएको छ । समुह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएसँगै बाहिरिएको हो ।
भारतले दिएको १७९ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट फुमाउदै ९६ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले सर्बाधिक १८ रन बनाएकी थिइन् भने रुबिना क्षेत्रीले १५ र कप्तान इन्दु बर्माले १४ रन बनाएकी थिइन् ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ३ विकेट गुमाउदै १७८ रन बनाएको थियो ।भारतका लागि सेफाली बर्माले सर्बाधिक ८१ रन बनाएकी थिइन् भने दयालान हेमालताले ४७ रन बनाएकी थिइन् । त्यस्तै जेमीनाह रोड्रीगेजले २८ र संजीवन सजनाले १० रन बनाएकी थिइन् ।
त्यसैगरी नेपाली बलर सिता राना मगरले २ र कबिता जोशीले एक विकेट लिएकी थिइन् ।यो जितसँगै भारतले समुह चरणमा लगातार तीन खेल जितेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७