TRENDING

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।