

काठमाडौ । गएराति १० बजेदेखि बन्द भएको नागढुङ्गा–नौबिसे सडकखण्ड बिहान ३ बजेपछि खुलेको छ । त्रिभुवन राजपथ अन्तर्गत नौबिसे सडकखण्डमा पर्ने नौबिसे खोला पुलको बिम राख्ने काम गर्नुपर्ने भएकोले राति सडक बन्द गरिएको थियो ।
आज पनि राति १० बजेदेखि भोलि बिहान ३ बजेसम्म सडक बन्द गरेर काम हुने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
उक्त समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सम्पुर्ण सवारी साधन पुर्ण रुपमा बन्द हुने जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
त्रिभुवन राजपथ अन्तर्गत नागढुँगा नौबिसे खण्डको उक्त पुलमा बिम राख्ने कामका लागि सडक बन्द हुने समयमा दुई पाँङ्ग्रे तथा तथा साना सवारी साधन प्रयोगकर्ताहरुले वैकल्पिक मार्गको रुपमा धार्के सितापाईला सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । राजमार्गमा सवारी साधनको भने चाप रहेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७