TRENDING

धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना

काठमाडौ । देशभर मनसुन थप सक्रिय भएको छ । मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि ठूलो वर्षा भइरहेको छ ।

गएरातिदेखि मनसुन थप सक्रिय भएको मौसमविदहरुले बताएका छन् । नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको मौसमविद् सञ्जिव अधिकारीले बताए ।