

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्व मा सडक भासिँदा राजमार्ग बन्द भएको छ । हिजो बेलुकादेखि परेको पानीले गएराति गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० का सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै बन्द भएको जानकारी दिनुभयो । अवरुद्ध सडकमा ट्रक फसेको छ । त्यसलाई हटाउने र सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।
त्यसअघि भासिएको सडकमा लु १ ख ८५१३ नम्बरको यात्रुबाहक बसले एक्कासी ब्रेक लगाउँदा आठ जना यात्रु सामान्य घाइते भएका थिए । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन पुगेको प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७