TRENDING
होमपेज
पानी पर्न थालेपछि देशभर गर्मी घट्यो


काठमाण्डौ । मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ। अस्ति बुधवारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट आएको छ ।
पश्चिम तराईका विभिन्न ठाउँमा अस्ति बुधवारसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएकोमा हिजो देशका सबै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ ।
अस्ति बुधवार धनगढीको तापक्रम ४२ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा हिजो ३८ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।
नेपालगञ्जको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७