TRENDING

भारतको तमिलनाडुमा विषाक्त रक्सी खाँदा २५ जनाको मृत्यु

काठमाडौ । भारतको तमिलनाडु राज्यमा विषाक्त रक्सी खाँदा २५ जनाको मृत्यु भएको छ । तमिलनाडुको कल्लाकुरिचीमा गए राति भएको घटनामा अरू ६० जनाभन्दा धेरै बिरामी भएका छन् ।
ज्यान गुमाउनेमा धेरैजसो दैनिक ज्यालादारी मजदुर छन् । प्रहरीले झन्डै दुई सय लिटर विषाक्त रक्सीसहित एक जनालाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।