

काठमाडौ । नेपाल आईसीसी टी २० विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । योसँगै नेपालको सुपर(८ यात्रा पनि समाप्त भएको छ ।
नेपाललाई जितको लागि अन्तिम ओभरमा ८ रन चाहिएको थियो । गुलशनले तेस्रो बलमा चौको र चौथो बलमा दुई रन बटुलेका थिए ।
दुई बलमा दुई रन चाहिएको थियो । गुलशन झालाई ओटनिल बार्टमानले डट राखे । अन्तिम बल मिस गरेका गुलशन नन स्ट्राइकमा रन आउट भए ।
११६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । नेपालका ओपनर आसिफ शेखले ४९ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४२ रन बनाए । सुरुवातमै कागिसो रबाडाले उनको क्याच १ रनमा छोडेका थिए ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ७।२ ओभरमा ३४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल भुर्तेल २१ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । रोहित पौडेल शून्यमा बोल्ड आउट भए ।
अनिल साह २४ बलमा ३ चौका र १ छक्कासहित २७ रनमा क्याच आउट भए । तेस्रो विकेटका लागि आसिफ र अनिलले ३६ बलमा ५० रनको साझेदारी गरेका थिए । दीपेन्द्र ६ रनमा आउट भए । सोमपाल कामी ८ र गुलशन झाले ६ रन बनाए ।
दक्षिण अफ्रिका तबरेज शाम्सीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७