TRENDING
होमपेज
मुग्लिन–आँबुखैरेनी खण्ड तीन घण्टा बन्द गरिने


दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द गरिने भएको छ ।
आँबुखैरेनी गाउँपालिका–४, साँखर ड्यामनजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार आज बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।
उक्त ठाउँको हिलसाइडमा चर्किएका ढुंगाहरू झार्नुपर्ने भएकाले त्यस समयमा सवारीसाधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।
वि।सं। २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । भासिएको सडक मर्मतको काम भइरहेको छ । निर्माण व्यवसायी जीएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७