TRENDING

काठमाडौंको वायु अझै स्वस्थकर

काठमाडौं । वायु प्रदूषणको तह घटेको छ । वैशाख तेस्रो सातासम्म उच्च प्रदूषित अधिकांश सहरहरू वर्षासँगै सफा भएका छन् ।

काठमाडौं उपत्यकामा पनि वायु प्रदूणको तह घटेको छ । तर, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायु स्वस्थकर भइसकेको छैन ।

मंगलबार बिहान ११ः३० बजे वातावरण विभागको रेकर्डअनुसार, ललितपुरको भैँसेपाटी क्षेत्र सबैभन्दा धेरै प्रदूषित छ । त्यहाँको एयर क्वालिटी इन्डेक्स एक्यूआई १७१ छ ।

काठमाडौंका शंखपार्क, रत्नपार्क, ललितपुरको खुमलटार, भक्तपुरलगायत स्थानमा एक्यूआई ५१ देखि ८१ सम्म छ । त्यो वायु बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीका निम्ति हानिकारक हुनसक्छ । पछिल्लो २४ घण्टामा ती स्थानको औसत एक्यूआई ९४ सम्म मापन गरिएको विभागको तथ्यांक छ ।