

काठमाण्ठौ । तराई मधेशमा गर्मीसँगै तातो लहर अर्थात हिट वेभ बढ्ने क्रम जारी छ । बिहानै तराई मधेशका ४ वटा जिल्लाको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो तराईका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा माथि पुग्ने अनुमान छ ।
केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिकरुपमा वृद्धि भइरहेकाले आउँदो शुक्रवारसम्म तातो हावाको लहर बढ्ने भएको छ । पश्चिममा कञ्चनपुरदेखि पूर्वमा सप्तरीसम्म देशको दक्षिणी भागका जिल्लामा तातो हावा र तातो लहर ९हिट वेभ० चल्न सक्ने भन्दै महाशाखाले सूचना निकालेको छ ।
विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नदेखिन, हलुका र सुतीका लुगा लगाउन, बाहिर निस्कदा टाउको छोप्न, टोपी लगाउन, नियमित र पटक पटक पानी तथा झोल पदार्थ पिउन सुझाव दिएको छ ।
त्यस्तै आज देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सफा छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी भूभागका एकदुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई ठाउँमा हल्का हिमपातको अनुमान छ । लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै ठाउँमा हावाहुरीको सम्भावना छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७