

काठमाडौँ । सरकारले सार्वजनिक सम्पत्तिमा क्षति तथा नोक्सान पुर्याए क्षतिपूर्ति भराउने भएको छ । विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धीको कार्यविधि स्वीकृत भएको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आइतबार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कनसम्बन्धी कार्यविधि स्वीकृत गर्नुभएको छ ।
नेपालको संविधानले हरेक व्यक्ति वा समूहलाई स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक रूपमा भेला हुन पाउने व्यवस्था गरेको छ । राजनीतिक भेला, जुलुस वा विरोध प्रदर्शनका बेला हुने यस्ता हकको सुनिश्चितता गर्दै सरकारले सरकारी सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हुने हानिनोक्सानीलाई न्यूनीकरण र निरुत्साहित गर्न यस्तो कार्यविधि ल्याएको जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रदर्शन तथा आन्दोलनका क्रममा हुने सार्वजनिक सम्पत्ति क्षतिको मूल्याङ्कन प्रमुख जिल्ला अधिकारीको संयोजकत्व हुने र सोही आधारमा नोक्सान पुर्याउनेबाट नै क्षतिपूर्ति भराइने कार्यविधिमा उल्लेख गरिएको बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७