काठमाण्डौ । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने गरी तत्काल पानी पर्ने सम्भावना देखिएको छैन ।
आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर देशका विभिन्न ठाउँमा फैलिएको आगो निभाउने र प्रदूषण हटाउने गरी ठूलो पानी पर्ने सम्भावना भने छैन ।
अहिले प्रि–मनसुन अवधिमा पानी नपर्दा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ । वन तथा भूसंरक्षण विभागकाअनुसार ५० वटा जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । पछिल्लो एक हप्तामा दुई सय ५० भन्दा धेरै वन क्षेत्रमा डढेलो लागेको छ । दिउँसोपख चल्ने हावाहुरीले डढेलो झनै फैलने गरेको छ ।
आज पनि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । पछिल्ला केही दिनदेखि तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
मुख्य समाचारबाट थप समाचार
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
तेस्रो खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै
पहाडी भेगको केही ठाउँमा आज बदली र बर्षाको सम्भावना
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८