

धादिङ। जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका सात वटा रिसोर्टलाई (याफ्टिङ सेवा बन्द गर्न निर्देशन दिएको छ। बेनिघाट रोराङको विभिन्न स्थानमा सन्चालनमा रहेका रिसोर्टहरुले सम्बन्धित निकायबाट सञ्चालन अनुमति नलिई तथा सेवा लिने यात्रुरसेवाग्राहीको सुरक्षा बिमा समेत नगरी (याफ्टिङ सेवा सञ्चालन गरेको भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो।
प्रशासनका अनुसार बेनिघाट रोराङ ३ को रोयल रिभर साइट (याफ्टिङ रिसोर्ट, बुढी गण्डकी रिसोर्ट, विग सि रिसोर्ट, बेनिघाट रोराङ(५ को नेचुरल रिसोर्ट, माईलस्टोन भिलेज रिसोर्ट, बेनिघाट रोराङ ७ को चरौंदी विच रिसोर्ट र होलिडे विच रिसोर्टलाई सेवा बन्द गर्न निर्देशन दिइएको छ।
जलयात्रा याफ्टिङ मुलुकको पर्यटन क्षेत्रको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको व्यवसाय भएपनी अवैध र असुरक्षित रहेको पाईएपछि अनुमति र बिमा सम्बन्धी कागजात पेश नगर्दा सम्मका लागि सेवा बन्द गर्न निर्देशन दिएको प्रशासनले जनाएको छ।
निर्देशनको अवज्ञा गरि सन्चालन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७