

मुस्ताङ । मुस्ताङमा एक वर्षमा चार लाख १४ हजार जनाभन्दा धेरै पर्यटकले भ्रमण गरेका छन् । म्याग्दीदेखी मुस्ताङ छिर्ने नाका अन्तर्गतको घासा प्रहरी चौकीको तथ्याङ्कअनुसार गएको वर्षको वैशाख १ गतेदेखि चैत ३० गतेसम्ममा चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
सडकको पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पर्यटकको सङ्ख्या बढिरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने विदेशी पर्यटकसम्मले मुस्ताङ रोज्न थालेका छन् ।
विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो देशबाट पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् ।
यसैबीच गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनामा आठ हजार जनाभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । गएको साउनदेखी चैत महिनासम्ममा मनास्लु क्षेत्रमा आठ हजार चार सय ५४ विदेशी पर्यटक पुगेका मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय ९एमक्याप० का प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।
मनास्लु पदमार्गमा घुम्न पुग्ने पर्यटकले चुम भ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित सृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्छन् । त्यस्तै पर्यटक नुब्री भ्यालीतर्फ कल्छुमन ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्छन् ।
पर्यटनबाट थप समाचार
पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि
लेक लागेर मर्छन् विदेशी पर्यटक
रानीपोखरी अब सबैका लागि खुल्ला
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७