सिन्धुपाल्चोक । भूकम्पपछि चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानीबाट व्यापारिक कारोबार सहज हुँदै जाँदा विद्युतीय सवारीसाधनको आयात बढ्दै गएको छ । मुलुकमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएका कारण चीनबाट हुने आयात पनि बढेको हो । गत वर्षको तुलनामा चालु वर्षमा निजी र सार्वजनिक सवारीसाधनको आयात बढेको छ । सवारीसाधनको आयातले राजस्व संकलनमा सकारात्मक प्रभाव पारेको छ ।
१२ सय ६० विद्युतीय सवारीसाधन आयात
तातोपानीबाट चालु वर्षको ९ महिनामा साढे ३ अर्ब मूल्य बराबरका १२ सय ६० विद्युतीय सवारीसाधन आयात भएका छन् । गत वर्ष २ सय ६० वटा सवारीसाधन मात्र आयात भएका थिए । तीमध्ये १२ वटा पेट्रोल गाडी र ४ वटा लरी थिए । चालु वर्षको यस अवधिमा गत वर्षको भन्दा १ हजार बढी इलेक्ट्रिक सवारीसाधन आयात भएका छन् । उक्त नाकाबाट विद्युत्बाट सञ्चालन हुने माइक्रोबस, मिनीबस, जिप, भ्यान, कारजस्ता सवारीसाधनको आयात बढेको हो । चालु वर्षको यस अवधिमा इलेक्ट्रिक र पेट्रोल गाडीको आयातबाट १ अर्ब २५ करोड ३१ लाख १६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । पेट्रोल गाडीबाट करिब २२ लाख राजस्व संकलन भएको छ । चालु वर्षको यस अवधिमा एक थान पेट्रोल गाडीबाहेक सबै गाडी इलेक्ट्रिक रहेका छन् ।
तातोपानी भन्सार अधिकृत तथा सूचना अधिकारी सूर्य काफ्लेका अनुसार चालु वर्षको चैत मसान्तसम्ममा ३ अर्ब ४९ करोड ३७ लाख ६० हजार मूल्य बराबरका सवारीसाधन आयात भएका छन् । खरिद र भन्सारमा ल्याउँदासम्मको मूल्यअनुसार भन्सार दरबन्दी कायम गरिएको छ । गत आवमा १ अर्ब ६७ करोड ४४ लाख मूल्यका सवारीसाधन आयात भएका थिए । त्यसबाट ५ करोड १० लाख राजस्व संकलन भएको थियो । चालु आवमा भने राजस्व संकलन गत वर्षको तुलनामा १ अर्ब नै बढी भएको छ । आयात गरिएका सवारीसाधनको बजार मूल्य ४० देखि ८० लाख रुपैयाँसम्म कायम गरिएको छ । भन्सारका अनुसार एकजी, सेरिज, ओमोडा, डिपाल नामका कार तथा डीएफएसके नामका माइक्रोबस आयात भएका छन् ।
मुख्य समाचारबाट थप समाचार
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाण्डौ महानगरको फोहोर बोक्ने गाडीका चालक रिहा
आईपीएल क्रिकेटको पहिलो क्वालिफायर खेल आज
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८