काठमाडौँ। आर्थिक मन्दीको सङ्केत बजारमा देखिइरहँदा राष्ट्र बैङ्कको तथ्याङ्कमा भने निरन्तर सुधार देखिएको छ । व्यापार व्यवसायमा सुस्तता, व्यापारीमा निराशा बढेको तथा उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकिरहेको अहिलेको अवस्थामा पनि बाह्य क्षेत्र निरन्तर सुधारोन्मुख रहेको राष्ट्र बैङ्कको तथ्याङ्कमा देखिएको हो । राष्ट्र बैङ्कका अनुसार शोधनान्तर स्थिति निरन्तर बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढिरहेको छ ।
चालु आर्थिक वर्ष २०८०र८१ को आठ महिनामा चालु खाता एक खर्ब ६६ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २५ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको छ ।
बैङ्किङ्गबाट थप समाचार
ग्लोबल आइएमई बैंकद्वारा बैंकिङ साक्षरता कार्यक्रम
एभरेष्ट बैंकको नाफा बढ्यो
वैशाख महिनाको लागि धेरै बैंकहरुले ब्याजदर घटाए
सेयर बजारसहित बैंक तथा वित्तीय संस्था आज बन्द हुने
काठमाण्डौ महानगरको फोहोर बोक्ने गाडीका चालक रिहा
आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८