TRENDING
होमपेज
हेटौंडा–काठमाण्डौं ओहोरदोहोर गर्ने कान्तिलोकपथ आज देखि ४५ दिनका लागि बन्द

हेटौंडा । हेटौंडा–काठमाण्डौं ओहोरदोहोर गर्ने कान्तिलोकपथ आज देखि ४५ दिनका लागि बन्द भएको छ । कान्ति राजमार्ग आजदेखि दिउँसोको समयमा ४५ दिनसम्म बन्द हुँदैछ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आउँदो वैशाख १५ गतेसम्म कान्ति राजमार्ग बन्द हुन लागेको कान्ति राजमार्ग सडक योजनाका ईञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।
यो सडक ललितपुरको टीकाभैरवबाट तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्छ । उहाँका अनुसार काल्चे खण्ड बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड अन्तर्गत झण्डै डेढ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान काट्ने निर्णय भएसँगै काम सुरु भएको र काम सक्न ४५ दिन लाग्ने योजनाको अनुमान छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७