

काठमाण्डौ । पशुपति मन्दिर परिसर आसपासका क्षेत्रमा आजदेखि पाँच दिन सम्म मासु,जाँडरक्सी र अरु नशालु पदार्थ बेच्न र खान निषेध गरिएको छ । आउँदो फागुन २७ गतेसम्म पशुपति क्षेत्र आसपासमा कसैले पनि मासु, जाँडरक्सी तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसारपसार, भण्डार र सेवन गर्न नपाउने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारी बताउनुभयो ।
आजदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहेश्वरीदेखि दक्षिण भित्रका सबै भागमा निषेध गरिएको छ ।
त्यस्तै महाशिवरात्रि पर्वको रौनक बढाउन आज बिहान पशुपति मन्दिर परिसरमा र्याली गरिएको छ । र्यालीमा भारतबाट आएका साधु,सन्तहरु सहित विभिन्न सङ्घ, सस्थालगायतको उपस्थिति रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
महाशिवरात्रि नजिकिएसँगै पशुपति क्षेत्रमा साधु, सन्तहरु आउने क्रम बढेको छ । प्रवक्ता अधिकारीका अनुसार आज नै भारतबाट आएका साधु, सन्तलाई पशुपति क्षेत्रमा औपचारिकरुपमा प्रवेश गराउन थालिएको छ । पर्सि फागुन २५ गते महाशिवरात्रि पर्व मनाइँदैछ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७