TRENDING

त्रिशुलीमा बस खस्दा ६ को मृत्यु ३८ जनाको उद्धार

धादिङ । धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन् । ३८ जना यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको तथा अरुहरुको भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेट जाँदा धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटना भएको हो । बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार एक महिलासहित ६ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन ।