TRENDING

नेप्से सामान्य अंकले गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज बुधवार नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर २ हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो।

३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर ४१ हजार ६७९ पटक खरिदबिक्री हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ।