

काठमाडौं । आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली मात्र छ । बाँकी भागमा भने मौसम सफा छ ।
महाशाखाका वरिष्ठ मौसमविद मिन कुमार अर्यालले भने, ‘अहिले धेरैजसो ठाउँमा मौसम सफा छ । दिउँसो चाहिँ गण्डकी र कोशीका पहाडी क्षेत्रमा आंशिक तथा साधारण बदली हुन्छ । बाँकी तिर सफा हुन्छ ।’
पश्चिमी वायुको प्रभावले गत आइतबारदेखि पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको थियो । यो पूर्वतिर सर्ने क्रममा विहीबार काठमाडौं उपत्यकामा समेत वर्षा भएको थियो ।
आज बिहानदेखि भने काठमाडौं घाम लागेको छ । बिहीबार साँझ हल्का वर्षा भएकाले काठमाडौंसहित देशका विभिन्न स्थानमा तुवाँलो हटेर मौसम सफा देखिएको छ ।
बिहीबार काठमाडौंमा ३।६ मिलिमिटर वर्षा भएको थियो । पोखरामा ७।५, घोराहीमा ५।८, दिपायल र डडेलधुरामा समान ३र३ मिलिमिटर वर्षा भएको थियो ।
महाशाखाका अनुसार अब गर्मी बढ्ने छ । तापक्रम बढेसँगै स्थानीय वायुको प्रभावले हावाहुरी चल्ने र चट्याङ सुरु हुने छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७