

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई पाँच हजार रुपैयाँ उपलब्ध गराइरहेको छ ।
बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै पाँच हजार रुपैयाँ बैंक दाखिला गराउन थालेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिएका छन् ।
बच्चाको जन्मदर्ता गराएसँगै बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप पाँच हजार रुपैयाँ जम्मा गरिदिने उनले बताए । ‘जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौं’, उनले भने ।
गएको साउनदेखि कार्यान्वयनमा ल्याइएको कार्यक्रमबाट अहिलेसम्म २६ जना बच्चाको खातामा रकम जम्मा भइसकेको छ । यसबापतको लाग्ने बजेट वडा कार्यायलले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७