TRENDING

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौ । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो।
४ फागुन २०७४ मा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए। सोही दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिएको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको बताए। ‘नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ। यसमा सबै तहका सरकार र सरोकारवालाहरुको सहकार्य र साथ जरुरी रहेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।