

काठमाण्डौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य ३३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । नामिबियाका जान फ्रालिङ्कले ३४, जान निकोल लफ्ट इटनले ३१ रन बनाए । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४१ ओभर १ बलमा १ सय ३२ रनमा अल आउट भयो । नेपालका भीम सार्कीले सबैभन्दा धेरै ४४ रन बनाए । यस्तै गुलसन झा २१, करण केसी १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १ र कुशल भुर्तेल शून्यमै आउट भए । नामिबियाका गेरहार्ड इरासमसले ५ विकेट लिए ।
घरेलु मैदानमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा कम रन हो । यसअघि नेपालले सन् २०२२ मा कीर्तिपुरमा यूएईसँगको खेलमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । यस्तै २०२१ मा कीर्तिपुरमा ओमानसँगको खेलमा पनि नेपाल १ सय ७९ रनमा अल आउट भएको थियो । यी दुवै रन नेपालले दोस्रो पारीमा बनाएको थियो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको पहिलो शृङ्खला आजदेखि शुरु भएको हो । यो शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् ।
लिग–२ मा नेपाल, क्यानडा, नामिबिया, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, अमेरिका र यूएईबीच २४ वटा त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ । लिग–२ मा हरेक टोलीले ३६ वटा खेल खेल्नेछ । ३ वर्षसम्म चल्ने लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्वकप छनोट खेल्ने पाउनेछन् भने पुछारका ४ वटा टोलीले
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७