

काठमाडौ । गण्डकी प्रदेशमा ‘अफ्रिकन स्वाइन फिभर’ नामक रोगको सङ्क्रमण पुनः देखिएको छ । सुँगुर, बङ्गुर तथा बँदेलमा लाग्ने सो रोग सर्भिलेन्सको निरन्तरताका क्रममा कास्की, तनहुँ, लमजुङ र गोरखामा सङ्क्रमण पुष्टि भएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकीले जनाएको छ ।
सङ्क्रमण फैलिँदै जाँदा ठूला तथा साना बङ्गुर फार्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न किसानलाई आग्रह गरिएको छ । त्यसै गरी विभिन्न सचेतनाका कार्यक्रम र पशुजन्य ओसारपसारमा निगरानी बढाइएको छ । निर्देशनालयका महानिर्देशक डा प्रेरणा सेढाईँ भट्टराईका अनुसार पछिल्लो सङ्क्रमणबाट कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४ र गोरखामा १३ गरी कुल एक सय १२ बङ्गुरको मृत्यु भएको छ ।
‘अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक तथा उच्च मृत्युदर भएको रोग हो । हालसम्म रोगविरुद्ध भ्याक्सिन उपलब्ध छैन’, महानिर्देशक भट्टराईले भने, ‘जैविक सुरक्षा एकमात्र विकल्प हो, त्यसैले सचेतनामा केन्द्रित भएका छौँ ।’
गण्डकी प्रदेशमा गत वर्ष साउन २९ गते पहिलोपटक सङ्क्रमण ‘आउटब्रेक’ भएको थियो । यस रोगका कारण प्रदेशमा हालसम्म १६ हजार पाँच सय ५४ वटा बङ्गुर मरेको निर्देशनालयको तथ्याङ्क छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७