काठमाण्डौ । क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट जित्न नेपालले २ सय ३३ रनको लक्ष्य पाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ८ विकेट गुमाएर २ सय ३२ रन बनायो । उसका नभ्नीत धलिवालले ५०, निखिल दत्तले ४५ र साद बिन जफरले ३१ रन बनाए ।
बलिङतर्फ नेपालका हेमन्त धामीले ३ विकेट लिए । हेमन्तले आज मात्रै एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् । यस्तै, कुशल मल्लले २ तथा ललित राजवंशी र आकास चन्दले एक एक विकेट लिए ।
तीन खेलको शृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । आज विजयी भएमा नेपालले क्लिन स्वीप नै गर्नेछ । यो शृङ्खला लगत्तै नेपालले नामिबिया र नेदरल्याण्ड्स सम्मिलत त्रिकोणात्मक लिग टु शृङ्खला खेल्नेछ । यो खेल यही फागुन ३ देखि १३ गतेसम्म कीर्तिपुरमा हुनेछ । नेपालले फागुन ३ र ७ गते नामिबिया तथा फागुन ५ र १३ गते नेदरल्याण्ड्ससँग खेल्नेछ ।
खेलकुदबाट थप समाचार
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो
नबिल बैंकको प्रमुखमा पुनः ढुङ्गाना नियुक्त
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८