गोरखा । गण्डकी गाउँपालिकाले गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ।
चालु आर्थिक वर्ष २०८०र०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बिमा गर्न शुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।
‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ’, उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ।’ गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बिमा कार्यक्रमको थालनी गरेको छ।
आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलब्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ। कार्यक्रम शुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए।
गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन्। दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १० लाख बजेट विनियोजन गरेको थियो। कार्यक्रम अब निरन्तर चल्नेछ। बिमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ ।
शिक्षाबाट थप समाचार
इडिभीको नतिजा प्रकाशित
कक्षा १२ को परीक्षा भोलिदेखि, ४ लाख ९१ हजार परीक्षार्थी
नयाँ शैक्षिक सत्रका लागि वैशाख २ गतेदेखि भर्ना अभियान शुरु
त्रिविले स्नातक तह दोस्रो वर्षको परीक्षा सर्यो
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्न पत्र बनाउने
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८