एजेन्सी । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो ।
मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।
‘इण्डियन आईडलको मेरो यात्रा अहिलेलाई सकिएको छ । तर नयाँ सांगीतिक यात्राको पनि भर्खर सुरु भएको छ । पहिले भन्दा अझै सक्रिय हुनेछु । यो मेरो सुरुवात हो, अन्त्य होइन’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । यो अवधिमा मेनुकाले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु समेत गरेकी छन् । ‘इन्डियन आइडल’मा चिकित्सकहरूले उनलाई ‘एआई भिजन चस्मा’ समेत उपहार दिएका थिए । झापाको हल्दिवारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुकाको गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा स्थान बनाएको थियो ।
मनोरञ्जनबाट थप समाचार
नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण
इजरायलले अल जजिरा च्यानलमाथि प्रतिबन्ध लगाउने
ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला
भक्तपुरमा ऐतिहासिक विस्केट जात्रा तयारी
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको मृत्यु
दुबै सदको संघीय संसद् अन्तर्गत बैठक आज बस्दै
चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
हावा हुरी सहित वर्षाको सम्भावना
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८