

काठमाडौं । काठमाडौंको धरहरामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ । धरहरासँगै निर्मित पार्किङ भवनको पहिलो तलामा यो सेवा उपलब्ध हुने काठमाडौं महानगरपालिकाले जानकारी गराएको छ ।
न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरिएपछि धरहरामा यो सेवा दिन लागिएको महानगरले उल्लेख गरेको छ ।
“यसअघि काठमाडौं टावर ९साबिक पुरानो बसपार्क०मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ,” महानगर प्रहरी बलका प्रमुख एवं नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने ।
सो भवनमा ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका निम्ति उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडकतर्फ जाँदा बायाँपट्टि काठमाडौं मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिने उनले बताए ।
संरचनागत रूपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ भएको महानगरको दाबी छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७