

काठमाण्डौ । दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले हराएको छ । ९२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको छ । अस्ट्रेलियाका लागि कप्तान हुग विब्गेन सर्वाधिक ३९ रनमा नआउट रहेका थिए ।
तेस्रो नम्बरमा ब्याटिङ गरेका हुगले ४३ बलमा ४ चौका हानेका थिए । ओपनर ह्यारी डिक्सन र राफ म्यामिलनले समान १६ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नामिबियाका ज्याक ब्रासेलले ८ ओभरमा २ मेडनसहित २८ रन दिएर ३, हान्रो बाडेनहोस्टेले २ र हेन्री भान वेकले १ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अस्ट्रेलियाले ३३ ओभर १ बलमा ९१ रनमा अलआउट गरेको थियो । अस्ट्रेलियाका कालुम भिड्लेरले ४ विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए । समूहको पहिलो खेलमा श्रीलङ्काले जिम्बावेलाई हराएको थियो ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७