

जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ८०० भन्दा बढी घाइते भएका छन् ।भूकम्पका कारण अरु १५ हजार मानिस विस्थापित समेत भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । देशको पश्चिम सुलावेसी प्रान्तमा ६.२ म्याग्नीच्युडको भूकम्प गएको हो । भूकम्प पछि सयौँ घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन ।
भूकम्पमा परी गम्भीर घाइते भएकाहरुलाई अस्पतालमा उपचार गराइएको छ भने सामान्य घाइतेहरुको सङ्ख्या धेरै भएकाले उनीहरुलाई अस्पताल बाहिर नै उपचार गरिएको छ । भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताउनुभयो ।
उहाँका अनुसार मामुजुमा १८९ जना गम्भीर घाइते भएका छन् भने मजेनेमा ६३९ जना मध्यम घाइते भएका छन् । मध्यम घाइतेहरुलाई अस्पतालमा उपचारपछि चाडो चाडो निकाल्ने र अरुलाई लैजाने गरिएको अधिकारीहरुले जनाएका छन् । भूकम्पमा परी कम्तीमा ३५ व्यक्तिको मृत्यु भएको विवरण शुक्रबार नै सार्वजनिक गरिएको थियो । यस द्वीपमा साढे दुई वर्षअघि आएको भूकम्प र सुनामीमा परी हजारौँ व्यक्तिको मृत्यु भएको थियो ।
अहिले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारकार्य जारी रहेको र भूकम्पको कारण भएको धनजनको क्षति लगायतका विवरण पनि संकलन गर्ने क्रम चलिरहेको अधिकारीहरुले जनाएका छन् ।सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७।५ म्याग्नीच्युडको भूकम्प र त्यस पछिको सुनामीमा परी ४ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी २ लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७