

धादिङ । मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा जम्मा ६ प्रतिशत मात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत ३९ किलोमिटर लामो सडकको काम गएको वर्षको पुसदेखि शुरु भएको थियो । तर १ वर्षमा जम्मा ६ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।
सडक विस्तारको काम सुस्त हुँदा यात्रु तथा वरपरका बासिन्दा धुलो, हिलो र खाल्डाखुल्डीले हैरान भएका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुको यात्राको समय लम्बिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षा र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो । १ वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्साङ्कन परिवर्तन गर्न नै ६ महिना लागेको उहाँले जानकारी दिनुभयो । अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारSet Image Size: W=800px by H=560pxको काम भइरहेको छ ।
यो सडकमा रहेका ८ वटा पुलमध्ये ६ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये ५ वटा पुलको काम भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम शुरु हुन सकेको छैन । अन्य २ वटा पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।
३ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा–जेडआई सीजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । रासस
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७