TRENDING
होमपेज
आज यो सिजनकै सबैभन्दा चिसो काठमाण्डौ उपत्यकामा


काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।
हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो । देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना छ ।
आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने सम्भावना तत्काल नरहेको मौसमविद् मानन्धरले बताउनु भयो । तराईका धेरै ठाउँहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७