TRENDING

कोशी, मधेस, बाग्मती र गण्डकीमा मौसम आंशिक बदली

काठमाण्डौ । आज कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली भएको छ । तराईमा आज पनि हुस्सु र कुहिरो लागेको छ । काठमाण्डौ उपत्यकामा पनि बिहान हल्का हुस्सु र कुहिरो छ ।

दिउँसो सामान्य बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा सामान्यतया सफा नै रहने अनुमान गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।