TRENDING
होमपेज
भूकम्पमा परि ६ जनाको ज्यान गयो


एजेन्सी । जापानमा गएको शक्तिशाली भूकम्पमा परि ६ जनाको ज्यान गएको छ । भूकम्प प्रभावित इशिकावा प्रान्तमा ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । जापानमा हिजो ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो । सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् । त्यहाँ ५ मिटरसम्म अग्ला छालहरू आउन सक्ने सक्ने चेतावनी जारी भएको जापानको राष्ट्रिय प्रसारक एनएचकेले जनाएको छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा राखेर जापानी सेनाले खाना, पानी र कम्बललगायतका सामग्रीहरू वितरण गरिरहेको छ । यसैबीच अमेरीकी राष्ट्रपति जो बाइडेनले जापानलाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७