काठमाण्डौ । काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम हिजोभन्दा आज घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहान न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस थियो ।
उपत्यका र आसपासका क्षेत्रमा अहिले कुहिरो र हुस्सु लागेको छ । त्यस्तै, तराई–मधेसका केही ठाउँमा बाक्लो हुस्सु र कुहिरो छ । घाम लाग्दै जाँदा मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
देशका कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली छ । यी प्रदेशका हिमाली क्षेत्रमा भने हल्का हिमपात हुने मौसमविद् कँडेलले बताउनुभयो । आज राति पूर्वी पहाडी जिल्लामा मौसम आंशिक बदली हुने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा नै रहने अनुमान छ ।
बागमती प्रदेशबाट थप समाचार
प्रहरीमाथि हातपात, एक जना पक्राउ
एनसेलको शेयर खरिद बिक्रीबारे लिखित जवाफ माग
आईपीएल क्रिकेटमा बेंगलुरुले पञ्जाबलाई ६० रनले हरायो
बागमती प्रदेशसभाको अधिवेशन वैशाख ३१ गते
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
बिहानैदेखि बाग्मती, गण्डकी र कोशी प्रदेशमा वर्षा
संसदको बजेट अधिवेशन सुरु हुँदै
रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रवेश
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८