

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स भिड्दैछन्। जारी प्रतियोगितामा यसअघिका सबै ८ खेल जितेर घरेलु टोली भारत शीर्ष स्थानमा छ भने समान ८ खेल खेलेको नेदरल्याण्ड्स २ खेलमा जित निकाल्दै अन्तिम स्थानमा छ। यी दई टोलीबीचको खेल दिउँसो सवा २ बजे बैंगलुरुमा सुरु हुनेछ।
प्रतियोगितामा भारतसहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन्। यसअघि गएराति सम्पन्न खेलमा इङ्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको थियो। त्यस्तै अर्को खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको थियो। आईसीसी एक दिवसीय विश्वकप अन्तगर्त सेमिफाइनलका खेल बुधबार सुरु हुनेछन्।
सेमिफाइनलको पहिलो खेलमा भारत र न्यूजिल्याण्ड भिड्दा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका आमने सामने हुनेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ।
खेलकुदबाट थप समाचार
पीएम कपमा पुलिस क्लबको लगातार दोस्रो जित
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट बढाउने काम सुरु
भावुक स्ट्याटस लेख्दै कप्तान अन्जिलाले मागिन समर्थकसँग माफी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७